Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

प्रभु पे र लस्कर फुड्सले सहकार्य गर्ने

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

प्रभु पे र लस्कर फुड्सले सहकार्य गर्ने

प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ । हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पुर्‍ याउने लक्ष्य राखेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु-पे डिजिटल वालेटबाट लस्कर फुड्समार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पेमार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ । प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको तीनपटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

लस्कर फुड्समा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि प्रभु पे पर्न गएकाले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको प्रमुख कार्यकारी अधिकृत ओस्तीको भनाइ छ । लस्कर फुड्सले ‘२ मा १ योजना’समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले मःमः, बर्गर र बिरियानी २ वटा मगाउँदा १ फ्रि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताए । यसका साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टीभी, प्रभु इन्टरनेट, मोमो टीभी)मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ ।

लस्कर फुड्सको काठमाडौंका विभिन्न स्थानमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरी सञ्चालन भइरहेको छ । हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालय ०१-४७००५५३/५४, ९८०१३०६९२६ मा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओस्ती बताए ।

सम्बन्धित खबरहरु