Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण, दुई वर्षभित्र आइपीओ जारी गर्ने

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण, दुई वर्षभित्र आइपीओ जारी गर्ने

पाँच वर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने गरी पाँच वर्षभित्र कम्तीमा एक अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि बढाएको छ ।

‘आउँदो पाँच वर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं । अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रुपमा वृद्धि गरी पाँच वर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्‍याउने लक्ष्य रहेको छ,’ कम्पनीले भनेको छ । अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौंसहित नवलपरासी, धनुषा लगायतका स्थानमा विस्तार भएको छ ।

प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा पनि लुप नेटवर्कले सेवा प्रवाह गरिरहेको छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारी लगायतका क्षेत्रमा पनि सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ । यसअघि सहरभन्दा ग्रामीण क्षेत्रमा बढी सेवा दिइरहेको तर अब भने सहर र ग्रामीण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढंगले सेवा विस्तार गरिने कम्पनीले जनाएको छ ।

इन्टरनेट सेवासँगै नेट टीभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने कुरामा पनि गृहकार्य गरिरहेको छ ।

सम्बन्धित खबरहरु