Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

एभरेष्ट बैंकको दुई अर्बको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

एभरेष्ट बैंकको दुई अर्बको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

एभरेष्ट बैंक लिमिटेडले एक हजार अंकित दरको २० लाख कित्ताले हुन आउने दुई अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र-२०८६’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । काठमाडौं लाजिम्पाट स्थित रजिष्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक लिमिटेड प्रचलित कम्पनी कानुन बमोजिम मिति २०४९ मंसिर १ मा नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । साथै, २०५१ असोज ११ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले २०५१ कार्तिक १ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउँदै आइरहेको छ । हाल यस बैंकले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र तीन वटा एक्सटेन्सन काउन्टरमार्फत् आफ्नो सेवा प्रदान गरिरहेको छ ।
 
उक्त सम्झौतामा एभरेस्ट बैंक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआइबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मंगलबार हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित खबरहरु