Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

राष्ट्रपतिद्वारा सिन्धुलीगढी युद्ध संग्रहालय उदघाटन (८ तस्बिर)

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

राष्ट्रपतिद्वारा सिन्धुलीगढी युद्ध संग्रहालय उदघाटन (८ तस्बिर)

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीमा निर्मित सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन गरेकी छन् । बुधबार बिहान सिन्धुलीमाडी पुगेकी भण्डारीले संग्रहालयको उद्घाटन गरेकी हुन् । संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो ।

संग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, अंग्रेजहरुले प्रयोग गरेका तोप, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

१८२४ साल असोजमा सिन्धुलीगढीमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको अंग्रेज सेनालाई गोर्खाली सेनाले पराजित गरेकाे इतिहास छ ।

सम्बन्धित खबरहरु