Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

‘टीभीएस एनटर्क १२५’ नेपाल भित्रियाे, यस्ता छन् विशेषता

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

‘टीभीएस एनटर्क १२५’ नेपाल भित्रियाे, यस्ता छन् विशेषता

विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले BSVI टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन (-RTFI)लाई नेपालमा ल्याएकोे छ । कम्पनीले BSVI FI प्लेटफार्मको दुई संस्करणहरू विकसित गरेका छन्, अर्थात् RTFI (Race Tuned Fuel Injection) र EFI (Ecothrust Fuel Injection) RTFI टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार टीभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, उर्जा, र शैलीको नयाँ युगमा सुुरू भएको र BSVI एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्नेछ । नयाँ एडिसनले स्कूटरको लागि ५.८.लिटरको फ्युल ट्यांक प्रदान गर्दछ ।

अन्तर्राष्ट्रिय बिजिनेश, टीभीएस मोटर कम्पनीका अध्यक्ष आर दिलीपले भने, ‘टीभीएस एनटर्क १२५ ले जेनेरेशन जेडको लागि रोचक, शक्तिशाली, जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कूटर उपभोक्ताहरूको अपेक्षालाई नयाँ परिभाषा दिएको छ । यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कूटर ब्रान्डको रूपमा चिनिएको छ । BSVI मा ट्रान्जिसनको साथ हामीले यस अवसरमा दुई एफआई टेक्नोलोजी प्लेटफार्महरू परिचय गराउने अवसर लिएका छौं । टीभीएस एनटर्क १२५ एक मात्र यस्तो स्कूटर हो जुन RTFI प्लेटफर्मको साथ सुसज्जित रहेको छ । उत्कृष्ट प्रदर्शन र राम्रो वास्तविक थ्रोटलको पनि यसमा उपलब्ध छ । प्रमुख रुपमा रहेको सवारी अनुभव, जुन स्कूटरको रेसिंग विरासतको प्रमाण हो, यसले हाम्रा युवा ग्राहकहरूलाई बजारमा उत्साहित पार्नेछ ।’

जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, 'आज टीभीएस एनटर्क १२५ BSVI लाई नेपालमा ल्याउन पाउँदा हामी निकै खुसी छौं । स्मार्ट स्कूटर RTFI समावेशको साथ एक बेस्ट-इन-क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको हो । यो लन्च टिभिएस एनटर्क १२५ को अनुभवमा निर्माण गरिएको हो र हामी हाम्रा युवा ग्राहकहरूको लागि सुरुदेखि अन्त सम्मको अनुभव सिर्जना गर्न प्रतिवद्ध छौं ।'

‘टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । स्कूटरले टीभीएस रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्ट कनेक्टलाई प्रस्तुत गर्दछ, जुन एक इनोभेटिभ ब्लुटुथ-इनेबल्ड टेक्नोलोजी र अनन्य टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन-बिल्ट ल्याप-टाइमर, फोन ब्याट्री स्टे्रन्थ डिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोडजस्ता सुविधाहरूलाई समेटेको छ,’ कम्पनीले उल्लेख गरेको छ ।

यस लन्चको साथमा टीभीएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (BSVI-FI) र सुपरस्क्वाड एडिसनमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । भेरियन्टको विषयमा कम्पनीले भनेको छ, ‘यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (BSVI-FI सहित) रेड-ब्ल्याक र यल्लो-ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।’

सम्बन्धित खबरहरु