Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नर्भिक अस्पतालमा हरेक शनिबार निशुल्क ओपीडी

न्युज कारोबार काठमाडौं साउन १३, २०७८       

नर्भिक अस्पतालमा हरेक शनिबार निशुल्क ओपीडी

नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ ।

प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निशुल्क ओपीडी सेवा दिनेछन् । निशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निशुल्क जाँच गर्नेछन् ।

प्रत्येक शनिबारको निशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने पनि अस्पतालले जानकारी गराएको छ । नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निशुल्क ओपीडी सेवा सञ्चालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निशुल्क ओपीडी सेवा लिन सक्नेछन् ।

नर्भिक अस्पतालका सीइओ मिश्रले प्रत्येक शनिबार अलग-अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई फाइदा लिन आग्रह गरेका छन् ।

सम्बन्धित खबरहरु