nmb bank

गृहपृष्ठ नबिल बैंकको ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने

नबिल बैंकको ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने

नबिल बैंकको ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग गर्न सक्नेछन् ।

बैंकले आधिकारिक वेबसाइटमार्फत् ऋण कर्जाको लागि आवेदन दिन सिमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान ‘नबिल बैंक-गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता’ अनुरूप रहेको छ ।

बैंकको देशभर १३५ वटा शाखा कार्यालयहरु, १८३ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत् निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वटै बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रकाशित समय : ०१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु