Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

२४ घण्टामा प्रदेश १ मा १२७० संक्रमित

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

२४ घण्टामा प्रदेश १ मा १२७० संक्रमित

प्रदेश-१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना संक्रमण देखिएको छ । सो अवधिमा २४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, संखुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

प्रदेशमा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु