Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ । युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।

पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । उनले अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधी गरेका हुन् ।

सम्बन्धित खबरहरु