Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिकाे जिम्मेवारी

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिकाे जिम्मेवारी

सरकारले प्रभुराम शर्मालाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले बताए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । अवकाशको एक महिनाअघि बिदा बस्ने परम्पराअनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए । थापाको औपचारिक बिदाइ भने २५ भदौमा हुने बताइएको छ ।

सम्बन्धित खबरहरु