Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

२४ घण्टामा २७२६ संक्रमित थपिए, १७७८ जना डिस्चार्ज

काठमाडौं उपत्यकामा थप ७७४ जनालाई कोरोना संक्रमण पुष्टि

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

२४ घण्टामा २७२६ संक्रमित थपिए, १७७८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८६३ परीक्षणबाट १ हजार १७३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ५१८ परीक्षणमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २८ हजार ८३६ रहेकाे छ ।

मंगलबार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा अहिले ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७५८ पुगेको मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित खबरहरु