Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

सेन्ट्रल फाइनान्सको बोनश सेयर नेप्सेमा सूचीकृत

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

सेन्ट्रल फाइनान्सको बोनश सेयर नेप्सेमा सूचीकृत

सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई जारी गरेको ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रूपैयाँ बराबरको ७ प्रतिशत बोनश सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । संस्थाले सोही आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश पनि वितरण गरिसकेको छ ।

बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पूँजी ८८ करोड १० लाख ३५ हजार ७ सय ९ रहेको छ । संस्थाको निक्षेप ५ अर्ब ५१ करोड ८५ लाख २३ हजार र कर्जा लगानी ४ अर्ब २८ करोड ४६ लाख २९ हजार रहेको जनाइएको छ ।

संस्थाको केन्द्रीय कार्यालयसहित १५ वटा शाखा सञ्चालनमा छन् । पछिल्लो समयमा झापाको बिर्तामोडमा पनि शाखा थप गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्मित आफ्नै नयाँ कर्पोरेट भवनबाट यही महिनाबाट वित्तीय कारोबार सञ्चालन गर्न लागेको छ । 

संस्थाले ATM, SMS Banking, ECC, IPS/Connect IPS,  विभिन्न विप्रेषण Remittances तथा C-ASBA जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको तथा छिट्टै mobile Banking  सेवा सञ्चालन गर्न लागेको छ ।

सम्बन्धित खबरहरु