Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नेपाल इन्स्योरेन्सद्वारा मृत्यु दाबीवापत २५ लाख रुपैयाँ भुक्तानी

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

नेपाल इन्स्योरेन्सद्वारा मृत्यु दाबीवापत २५ लाख रुपैयाँ भुक्तानी

जगदम्बा मोटर्स प्रालिमार्फत नेपाल इन्स्योरेन्स कम्पनीबाट बिमा भएको दुर्घटना बिमालेखअन्तर्गत राजदेव यादवको मृत्यु दावी वापतको २५ लाख रुपैयाँ भुक्तानी भएको छ । सो रकम बराबरको चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्बा मोटर्स प्रालिका प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् ।

यसबाट नेपाल इन्स्योरेन्सले बिमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको यथार्थलाई पुष्टि गरेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । देशका विभिन्न क्षेत्रमा प्रधान कार्यालयलगायत ४९ वटा शाखा कार्यालय र ३ वटा तेस्रो पक्ष बिमा सेवा केन्द्रबाट बिमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बिमा सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको आवश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडि बढ्ने निमित्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्रतिवद्धता जनाए । नेपाल इन्स्योरेन्सको स्थापना २००४ सालमा भएको हो ।

सम्बन्धित खबरहरु