Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

मुक्तिनाथ बैंकले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

मुक्तिनाथ बैंकले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यो खात एकसय रुपैयाँको न्यूनतम मौज्दातमै खोल्न सक्नेछन् र यस बचत खातामा ग्राहकहरुलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार, यस खाता खोल्ने ग्राहकले पहिलो वर्षको लागि निशूल्क मोबाइल बैंकिङ तथा निशूल्क इन्टरनेट बैंकिङको सेवासमेत प्राप्त गर्नेछन् । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

‘मुक्तिनाथ समृद्धि बचत खाता’ अनलाइनबाटै पनि खोल्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु