Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

आसाम र मिजोरमको सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

न्युज कारोबार काठमाडौं साउन १२, २०७८       

आसाम र मिजोरमको सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना जवान मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् । आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए ।

आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो । सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो । आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन ।

सम्बन्धित खबरहरु