Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

फरार प्रतिवादी र जुवाडेसहित १६ जना पक्राउ

न्युज कारोबार दाङ साउन १२, २०७८       

फरार प्रतिवादी र जुवाडेसहित १६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः ६ प्रतिवादी पक्राउ गरेको गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृंखलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई तीव्र बनाएर अदालतको फैसला कार्यान्वयनमा सहयोग पु-याएको छ । त्यही क्रममा हिजो मात्र ६ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठगी मुद्दाको कसुरमा ६ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना सुनाइएका वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेतका ५५ वर्षीय पूर्णबहादुर सार्की तथा दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतमा बस्दै आएका ५३ वर्षीय दामे दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

त्यस्तै लिखत बेइज्जती मुद्दामा तीन हजार रूपैयाँ जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका ४५ वर्षीय जैसरा बोहोरा, जालसाजी मुद्दामा एक/एक सय रूपैयाँ जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका-१० का २७ वर्षीय कुमार गुरुङ, २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । उनका अनुसार पक्राउ परेका ६ प्रतिवादीलाई सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

त्यसैगरी लागूऔषध ब्राउन सुगरसहित प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-५ सुर्खेत गणेशचोक निवासी २५ वर्षीय सन्दीप विक र ३० वर्षीय खडानन्द पौडेल पक्राउ परेका हुन् । उनीहरुलाई ७७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित खबरहरु