Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

प्रोग्रेसिभ फाइनान्स र एसबी साेल्युसनबीच ‘ऋण अटोमेसन प्रणाली’सम्बन्धी सम्झौता

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

प्रोग्रेसिभ फाइनान्स र एसबी साेल्युसनबीच ‘ऋण अटोमेसन प्रणाली’सम्बन्धी सम्झौता

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी साेल्युसन प्रालि (भगिनी संस्था : डिजिहब प्रालि)सँग सहकार्य गरेर क्रेडिट एक्स (Credit_X)नामक ऋण अटोमेसन प्रणाली जडान गरेको छ । यस प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी साेल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने जनाइएको छ । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ । ‘यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । यस प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ,’ सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख छ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको बताइएको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएपछि बैंक र उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउने दाबी गरिएको छ ।

प्रोग्रेसिभ फाइनान्सले राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त गरेको छ । १ लाखभन्दा बढी ग्राहक रहेको यस संस्थाको देशभर १५ भन्दा बढी शाखा रहेका छन् । त्यसैगरी, एसबी सोलुसन्स्ले डिजिहबसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्प्लिमेन्टेसन गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु