Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह (दस्तावेजसहित)

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह (दस्तावेजसहित)

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् । विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका मिश्रले संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग अगाडि सारेका हुन् ।

दस्तावेजमा अगाडि भनिएको छ,‘संविधान निर्माण हुनुअघि संघीयताको पक्षमा देखिएका कयौं नेता तथा सर्वसाधारणसमेत संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्‍याएको, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको संख्या बढाएको, शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको, संघीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सृजना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् ।’

(दस्तावेजसहित)

सम्बन्धित खबरहरु