Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

निर्वाचन आयोगमा रेशम चौधरीको कविता

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

निर्वाचन आयोगमा रेशम चौधरीको कविता

जनता समाजवादी पार्टीका नेता तथा निलम्बित सांसद रेशमलाल चौधरीले निर्वाचन आयोग पुगेर कविता सुनाउँदै आफ्नो प्रतिक्रिया दिएका छन् । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका चौधरीले जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा सनाखतका लागि आयोग पुगेका थिए ।

निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर, रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गरायो । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर, बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’

कविता :

कठघरामा उभ्भिएर जति सत्य बके पनि 
न्याय पाऊँ भन्दै हजुर सयौँ पटक झुके पनि
निरीह ठान्दा रैछन शिर निहुराएपछि
दोषी ठहर्‍याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ, हाम्लाई क्षमा चाहिँदैन 
दोषीलाई दण्ड देऊ
तर निर्दोषलाई थुन्न पाइँदैन।
न्याय, न्याय, न्याय ।

सम्बन्धित खबरहरु