Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

दोहोरो अंकले घट्यो सेयर बजार, १४ अर्बको कारोबार

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

दोहोरो अंकले घट्यो सेयर बजार, १४ अर्बको कारोबार

साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले सेयर बजार घटेको छ । धितोपत्र बजारमा सेयर बजार मापक नेप्से परिसूचक ८.२४ अंकले घटेर तीन हजार ५०.४२ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अंकले घटेर ५७१.१० अंकमा पुगेको हो । 

आज २२३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्समध्ये पाँच समूहबाहेक सबैको सेयर उकालो लागेको छ ।

बैंकिङ ४३.५, विकास बैंक ३४.३८, अन्य १०.५१, सामुहिक लगानी कोष ०.२६ र लगानी समूहअन्तर्गतको सेयर ०.१५ अंकले ओरालो लागेको छ भने व्यापार समूह ५५.०४, होटल तथा पर्यटन १४.१६, जलविद्युत १०२.६५, वित्त ६५.५३, निर्जीवन बिमा १४.९३, उत्पादनमुलक ८४.६८, लघुवित्त, ९८.१ र जीवन बिमा समूहअन्तर्गतको सेयर ६८.०७ अंकले उकालो लागेको हो ।

त्यस्तै आज पाँच कम्पनीको सेयरमा सर्किट लागेको छ । ग्रीन लाइफ हाइड्रो पावर, जानकी फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, रिडी हाइड्रोपावर र विशाल बजार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु