Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा फाइल तस्बिर

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ मात्र तोकिएको छ ।

संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले यही साउन १४ गते देखि भदाै ८ गते सम्ममा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड काठमाडाैँमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

सम्बन्धित खबरहरु