Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

आइजीआइको बोनस सेयर नेप्सेमा सूचीकृत

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

आइजीआइको बोनस सेयर नेप्सेमा सूचीकृत

आइएमई जनरल इन्स्योरेन्स (आइजीआइ) को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सोमबार कम्पनीको सात लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित खबरहरु