Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

चीनमा पुनः भेटिए कोरोनाका संक्रमित

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

चीनमा पुनः भेटिए कोरोनाका संक्रमित

कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमित भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसनले शनिबार जानकारी दिएको हो ।

ती संक्रमित चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङसु र लियानिङमा ती संक्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी संक्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्तामा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् ।

त्यसैले चीनले विशेषगरी ती क्षेत्रमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।

सम्बन्धित खबरहरु