Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नबिल बैंकले निष्काशन गर्‍यो ३० लाख कित्ता ऋणपत्र

न्युज कारोबार काठमाडौं साउन ११, २०७८       

नबिल बैंकले निष्काशन गर्‍यो ३० लाख कित्ता ऋणपत्र

नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८ नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत व्याजदर पाइनेछ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी एक अर्ब ८० करोड रुपैया बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए ।

सम्बन्धित खबरहरु