Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

भारतमा बाढीपहिरो : मृतक संख्या १२४ पुग्याे, दर्जनौं बेपत्ता

न्युज कारोबार काठमाडौं साउन १०, २०७८       

भारतमा बाढीपहिरो : मृतक संख्या १२४ पुग्याे, दर्जनौं बेपत्ता

भारतमा भारी मनसुन वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । महाराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । 

चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर)सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बर्षापछिको डुवानका कारण विद्यूत् आपूर्ति अवरूद्ध हुँदा कोभिड- १९ को  उपचार गराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो । उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्यूत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु