nmb bank

गृहपृष्ठ १०,५६९ पीसीआर परीक्षणमा १५३९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

१०,५६९ पीसीआर परीक्षणमा १५३९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

१०,५६९ पीसीआर परीक्षणमा १५३९ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ५६९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ जनाको एन्टिजेन परीक्षणमा ६९८ जनामा कोरोना कोरोना पुष्टि भएको छ ।

आइतबार देशभर पीसीआर र एन्टिजेन गरी २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर मात्रै ६ लाख ८० हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ९ हजार ७१३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । आइतबार २ हजार ५० जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ६ लाख ४३ हजार ६१५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु