Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

आइतबार नेप्से : नौ कम्पनीको कारोबारमा सर्किट, १४ अर्ब ३० करोडको कारोबार

न्युज कारोबार काठमाडौं साउन १०, २०७८       

आइतबार नेप्से : नौ कम्पनीको कारोबारमा सर्किट, १४ अर्ब ३० करोडको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४.३१ अंकले बढेर तीन हजार ५८.६३ अंकमा उक्लिएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।

आज २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्समध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोषअन्तर्गतको सेयरबाहेक बाँकी सबै समूहको सेयरमा हरियाली देखिएको छ । होटल तथा पर्यटन २२.५ र सामुहिक लगानी कोष ०.२४ अंकले घटेको छ भने बैंकिङ ७४.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत ७१.६, वित्त २४.८६, निर्जीवन बिमा ४८.४२, उत्पादनमुलक ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बिमा ३०.८६ र लगानी समूहअन्तर्गतको सेयर ०.०४ अंकले बढेको छ ।

आज ९ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । हिमालय उर्जा विकास कम्पनी, सपोर्ट लघुवित्त वित्तीय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, विशाल बजार कम्पनी, जोशी हाइड्रोपावर विकास कम्पनी र ङादी ग्रुप प्रालिको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु