Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

तालिबानलाई रोक्न अफगानिस्तानमा कर्फ्यू

न्युज कारोबार काठमाडौं साउन १०, २०७८       

तालिबानलाई रोक्न अफगानिस्तानमा कर्फ्यू तालिबान लडाकुहरू । (फाइल तस्बिर)

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पूरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ । काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ । यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो ।

अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो दुई महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ । तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ । स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको छ ।

सम्बन्धित खबरहरु