Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट ठूलठूला ढुंगा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो । अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुंगा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरी चौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।

सम्बन्धित खबरहरु