Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा ईश्वर पोखरेल नियुक्त

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

नेपाल इन्स्योरेन्सको निमित्त सीईओमा ईश्वर पोखरेल नियुक्त

बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । पोखरेलले आइतबारबाट कार्यभार सम्हाल्ने छन् ।

कम्पनीका सीईओ विजयबहादुर शाहको कार्यकाल सकिएसँगै पोखरेल निमित्त सीईओ नियुक्त भएका हुन् । शाहको चार वर्षे कार्यकाल शनिबार सकिने भए पनि शुक्रबार नै विदाई भइसकेका छन् ।

पोखरेलले एमबीएसम्मको अध्ययन गरेका छन् । उनीसँग आर्थिक क्षेत्रमा काम गरेको ३४ वर्षको अनुभव छ । उनले सुरुमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एकाउन्टेन्टको रुपमा क्यारियर सुरु गरेका थिए ।

सम्बन्धित खबरहरु