Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

चीनकाे हेनानमा बाढी र डुवान : मृतक संख्या ५६ पुग्यो

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

चीनकाे हेनानमा बाढी र डुवान : मृतक संख्या ५६ पुग्यो बाढी प्रभावितलाई एक्साभेटरकाे सहायताले सुरक्षित स्थानतर्फ सारिँदै । (तस्बिर : एएफपी)

मध्य चीनको हेनानमा भीषण वर्षापछिको बाढी र डुवानका कारण कम्तिमा पनि ५६ जनाको मृत्यु भएको छ । केही बेपत्ता छन् । अझै पनि झिंजियांग र हेबी शरमा नदी र ड्यामहरु फुट्ने र बाढीको जोखिम कायम रहेको जनाइएको छ ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मंगलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक संख्या अझै बढ्न सक्ने देखिएको छ ।

प्रान्तीय सरकारका अनुसार कम्तिमा पनि ४ लाख ९५ हजार को उद्धार र ५ लाख २९ हजारलाई अन्यत्र सारिएको चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । पिपुल्स लिबरेशन आर्मी(पीएलए)ले २५ हजार सैनिक, प्रहरी र मिलिशियालाई हेनान पठाएको छ । पानीमा फसेकाहरुको उद्धारमा उनीहरु खटिरहेको जनाइएको छ ।

बाढीमा डुबेकाे सडक पार गर्दै एक स्थानीय । (तस्बिर : एएफपी)

सम्बन्धित खबरहरु