Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

तीन जना बालिकामाथि यौन दुर्व्यवहार, ७७ वर्षीय वृद्ध पक्राउ

दिपेन्द्र सिंह धनुषा साउन ८, २०७८       

तीन जना बालिकामाथि यौन दुर्व्यवहार, ७७ वर्षीय वृद्ध पक्राउ

धनुषाको मिथिला नगरपालिका-१० मा तीन जना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बिहीबार एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७७ वर्षीय थानाप्रसाद भट्टराई रहेका छन् ।

आरोपी भट्टराईले ७, ८ र १० वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले पक्राउ गरेको हो । आरोपित भट्टराईले आँगनमा रहेको अम्बाको रुखबाट अम्बा टिप्न गएका बेला वस्तुभाउ राख्ने गोठमा लिएर दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबरहरु