Nepalese Flag २०७८ असोज ११ गते सोमबार   |   September 27, 2021

ज्योति लाइफद्वारा बिमितको घरमै पुगेर मृत्यु दावी भुक्तानी

न्युज कारोबार काठमाडौं साउन ८, २०७८       

ज्योति लाइफद्वारा बिमितको घरमै पुगेर मृत्यु दावी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड-१९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई बिमा बापतको दाबी भुक्तानी गरेको छ । ज्योति लाइफमा ज्योति थ्री ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बिमालेख सुरु गरेका श्रीकृष्ण महर्जनको गत जेठ १ गते कोभिड-१९ संक्रमणको कारण मृत्यु भएको थियो ।

उनको मृत्युको ब्यहोरा उल्लेख गरी बिमितले इच्छाएको  व्यक्ति मृतकको श्रीमती रजिसा महर्जनले बिमालेखअन्तर्गत दावी भुक्तानीको लागि आवश्यक कागजात संलग्न गरी निवेदन पेश गरेकी थिइन् ।

कम्पनीले आफ्नो दावी प्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी कीर्तिपुर शाखा प्रमूख शान्ता रिजालले श्रीमती रजिसा महर्जनलाई उनको घरमै पुगी शर्त बमोजिम बीमांक रकमबापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरे ।


 

सम्बन्धित खबरहरु