Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

कोभिडले खस्केको व्यवसाय उकास्न १३९ रोपनी जग्गा विक्री गर्दै ओरिएन्टल होटल

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

कोभिडले खस्केको व्यवसाय उकास्न १३९ रोपनी जग्गा विक्री गर्दै ओरिएन्टल होटल

ओरिएन्टल होटल लिमिटेडले कम्पनीको स्वामित्वमा रहेको १३९ रोपनी जग्गा विक्री गर्ने भएको छ । कोरोना महामारीले गर्दा असर परेको व्यापारलाई उकास्न र पर्यटन व्यवसायलाई पुरानै स्वरूपमा फर्काउन उक्त निर्णय गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १६, १९ र २१ मा विभिन्न कित्तामा रहेको जग्गा होटेलले चरणगत रूपले विक्री गर्नेछ । 'कोरोना महामारीका कारण जग्गा विक्रीको प्रक्रिया अघि बढाउन सहज नभएता पनि अब केही अनुकुल हुनासाथ हामी त्यसतर्फ अघि बढ्ने छौं,' होटल व्यवस्थापन समितिले जनाएको छ । विक्री गर्न लागिएको जग्गाको मूल्य ८० करोड रूपैयाँभन्दा बढी रहेको बताइएको छ ।

जग्गा विक्री गर्न होटेलले ओरिएन्टल हाउजिङको सहयोग लिने भएको छ | विक्री गर्न लागिएको जग्गामध्ये केही हिस्सा डेभलप गरेर र बाँकी भाग सिधै विक्री गर्न लागिएको हो । होटल व्यवस्थापनका अनुसार जग्गा डेभलप गरेर विक्री गर्ने प्रक्रियाका लागि हाउजिङले सहयोग गर्ने छ ।

वर्तमान अवस्थामा खुम्चिएको पर्यटनलाई पुनरुत्थान गरी व्यवसायलाई चुस्त बनाएर लगानीकर्ताको पुँजीलाई संरक्षण गर्न यो निर्णय अगाडि बढाइएको होटल व्यवस्थापनको भनाइ छ । 'वर्तमान अवस्थामा होटेल व्यवसाय ठप्प रहेता पनि जग्गा विक्रीपश्चात कम्पनीले भवन निर्माणदेखि व्यवसायलाई चुस्त बनाउने काम गर्नेछ | वैदेशिक साझेदारसँगको संवादपश्चात उक्त निर्णयलाई थप सार्थकता मिलेको छ,' व्यवस्थापनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबरहरु