Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

थप १९१८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

थप १९१८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९२० जनामा कोरोना कोरोना पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर मात्रै ६ लाख ७२ हजार ८७१ पुगेको छ । मंगलबारको तुलनामा आज कोरोना संक्रमित हुनेको संख्या कम हो । मंगलबार पीसीआर र एन्टिजेन गरी ३ हजार १०८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

बुधबार कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ४७५ रहेको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।

त्यस्तै आज कोरोनाबाट ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार पनि कोरोनाबाट ३० जनाले ज्यान गुमाएका थिए ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


 

सम्बन्धित खबरहरु