Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

७१ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

७१ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले जनाएको छ । बैंकले चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१.०२ प्रतिशतले नाफा बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै वितरणयोग्य मुनाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा ६७.७९ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्ष ६० करोड ९९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा बढेर एक अर्ब २ करोड रुपैयाँ पुगेको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

सम्बन्धित खबरहरु