Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, मन्त्रीकाे नाम टुंगाे लगाइने

न्युज कारोबार काठमाडौं साउन ६, २०७८       

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, मन्त्रीकाे नाम टुंगाे लगाइने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक काेटेश्वरकाे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक ढिला गरि सुरु भएको छ । बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।

सरकारमा सहभागी हुन आकांक्षीहरु शीर्ष नेताका घरमा ‘डेलिगेसन’ जान थालेपछि पार्टीले बैठक बसेरै यस विषयलाई टुंगाे लगाउन लागेका हुन् । सरकारमा नयाँ अनुहारलाई पठाउने अनौपचारिक घोषणा गरे पनि यस विषयकमा बैठकको माध्यमबाटै माओवादीले औपचारिक निर्णय गर्ने भएकाे हाे । अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुलाई भेटी छलफल गरिसकेका छन् ।

सम्बन्धित खबरहरु