Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

सिरहामा बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

न्युज कारोबार सिरहा साउन ६, २०७८       

सिरहामा बस पल्टिँदा एकको मृत्यु, एक दर्जन यात्रु घाइते

सिरहाको जिरोमाइल-बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका-५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका-३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । 

सम्बन्धित खबरहरु