Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

सानिमा बैंकको नयाँ शाखा ललितपुरको भैंसेपाटीमा

न्युज कारोबार काठमाडौं साउन ५, २०७८       

सानिमा बैंकको नयाँ शाखा ललितपुरको भैंसेपाटीमा

सानिमा बैंकले आफ्नो नयाँ शाखा ललितपुरको भैंसेपाटीमा सञ्चालनमा आएको छ । शाखा उद्घाटन बैंकका  ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा गरे । 

उद्घाटन समारोहमा मह जोडीले भैंसेपाटीमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुने बताए । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा ए.टी.एम. सञ्चालनमा रहेको बैंकका प्रमुख निक्षेप व्यवस्थापन–रिटेल टंकमणि बरालले जानकारी दिए ।

सम्बन्धित खबरहरु