Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

‘स्काइवर्थ ७ मोसन डीडी’ वाशिङ मेसिन ३ मोडलमा उपलब्ध

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

‘स्काइवर्थ ७ मोसन डीडी’ वाशिङ मेसिन ३ मोडलमा उपलब्ध

स्मार्ट अप्लायन्सेस् प्रालि, केएल दुगड गु्रप अन्तर्गतको स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नो ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’को लन्च गरेकोे छ ।

‘यसले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रमअनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्दछ । उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको लामोे आयु अवधिलाई दर्शाउँछ,’ स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भास्कर मुननकर्मीले भने, ‘यी सुसज्जित सुविधाहरूले हाम्रा बहुमूल्य ग्राहकहरूलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्दछन् ।’

‘७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रमभित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउँदछ । यसले विभिन्न गति प्रयोग गर्दछ । गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउन सहयोग पुर्‍याउँछ । यी ७ गतिमा फल, स्क्रबिङ, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विङ, स्क्रूइङ, लाइट निडिङ र फ्लफ सामेल छन्,’ कम्पनीले उल्लेख गरेको छ ।

इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सिधै ड्रममा जोडिएका कारण यसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्दथ्यो ।

स्काईवर्थ ७ मोशन डीडी वाशिङ मेशिनहरू अब तीन नयाँ मोडल इफ ८०१२ जीआरडी, यफ ८०१४ जीआरडी, यफ ९०१४ जीआरडीे ८ केजी र ९ केजी क्षमतामा डार्क सिल्भर कलरमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित खबरहरु