Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

थप १६४२ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

थप १६४२ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८३३ पीसीआर परीक्षणमा १ हजार ६४२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ३ हजार ८३१ जनाको एन्टिजेन विधिधबाट ८०३ जनामा कोरोना पुष्टि भएको हो । सोमबार देशभर पीसीआर र एन्टिजेन गरी २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या पीसीआर मात्रै ६ लाख ६८ हजार ७५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ९ हजार ५८२ जनाको मृत्यु भएको छ । आज थप १ हजार २५८ जना निको भएकाे मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा ६ लाख ३३ हजार ३३२ जना काेराेनामुक्त भएका छन् ।

सम्बन्धित खबरहरु