Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

ग्रेट वाल मोटर्स नेपाली बजारमा, तीन नयाँ मोडल सार्वजनिक

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

ग्रेट वाल मोटर्स नेपाली बजारमा, तीन नयाँ मोडल सार्वजनिक

ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडलका गाडीको साथमा प्रवेश गरेको छ । नेपालका अटोमोटिभ डिलरशीप क्षेत्रमा विविध अनुभव बोकेका विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोर्टसका लागि आधिकारिक बिक्रेता हो ।

भीजी इम्पेक्सले GWM सँग सहकार्य गर्दै दुईवटा SUV र एक पिकअप मोडेल बजारमा ल्याएको छ । यी तीन वटै गाडी आफ्नो समूहमा नाैलो र उत्कृष्ट रहनेमा कम्पनीको विश्वास छ । हाल ग्रेट वाल मोटर्सको कम्पनी थापाथलीमा अवस्थित छ । भोलिका दिनमा कम्पनीले उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशैभरी शोरूमको सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । कम्पनीले छिट्टै नै नवीन तरिकाले आफ्ना ब्राण्ड र सामान उपभोक्तामाझ प्रस्तुत गर्नेछ । भीजी इम्पेक्सले ग्रेट वाल मोटर्सको 4S (सेल्स, सर्भिस, स्पेयर्स, र सर्वे)मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरको स्टाण्डर्डको सर्भिस सेन्टर स्थापना गर्ने भएको छ ।

थर्ड जीन हावल एच सिक्स (3rd Gen. HACAL H6)

यो गाडी SUV वर्गमा सुविधा र लक्जरीको नमूना हुनाका साथै शक्ति र विलाशिताको अनुपम संगम पनि रहेको छ । २.० लिटरको दमदार टर्बाे पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । यसको हायर ग्राउण्ड क्लियरेन्सले खाल्डाखुल्डीमा पनि सहजै गुडाउन सकिन्छ । नेपाली बजारमा सुरूवाती मूल्य ९६ लाख ९९ हजार ९९९ रूपैयाँमा यो गाडी उपलब्ध हुनेछन् ।

HAVAL JOLION

यो मोडेल तीन संस्करणमा प्रस्तुत हुँदैछन् । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले किलोवाट शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । प्रारम्भिक मूल्य ५५ लाख ४९ हजार ९९९ रूपैयाँमा यो गाडी उपलब्ध हुनेछ ।

POER पिक-अप

यो मोडेल दुईवटा संस्करण एलिट र पाइलटमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार ९९९ रूपैयाँ रहेकाे छ ।

सम्बन्धित खबरहरु