Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

सोमबार १४ अंकले बढ्यो नेप्से, सिनर्जी पावरको कारोबारमा सर्किट

न्युज कारोबार काठमाडौं साउन ४, २०७८       

सोमबार १४ अंकले बढ्यो नेप्से, सिनर्जी पावरको कारोबारमा सर्किट

सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर दुई हजार ९९४. ५८ अंकमा प्रवेश गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती दोस्रो दिनमा सेन्सेटिभ परिसूचक भने झिनो अंकले घटेको छ भने कारोबार रकम बढेको नेप्सेले जनाएको छ । आज ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अंकले घटेर ५६०.९४ अंकमा पुगेको छ । २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँमा किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सबइन्डेक्समध्ये ८ समूहअन्तर्गतका कम्पनीको सेयर उकालो लागेको छ भने बाँकी उपसमूहमा रताम्य देखिएको छ । बैकिङ, व्यापार, निर्जीवन बिमा, उत्पादनमुलक, अन्य, जीवन बिमा, सामुहिक लगानी कोष र लगानी उपसमूहको सेयर उकालो लागेको छ भने लघुवित्त, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र वित्त समूहको कारोबार माइनसमा गएको छ । त्यस्तै आज सिनर्जी पावर डेभ्लपमेन्ट लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित खबरहरु