Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

नगर प्रमुखकै घरमा कार्यालय सञ्चालन

न्युज कारोबार महाेत्तरी साउन २, २०७८       

नगर प्रमुखकै घरमा कार्यालय सञ्चालन

महोत्तरीको भंगहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भंगहा- ५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएकी हुन् ।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएकाे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए । 'नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ । अब मासिक ६० हजार रूपैयाँ बचत हुने भयो,' उनले भने ।

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए । नयाँ आव २०७८/७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।

सम्बन्धित खबरहरु