Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

फ्रलोर क्रस गर्ने एमालेका नेता होइनन् : मन्त्री शर्मा 

न्युज कारोबार वीरेन्द्रगर साउन २, २०७८       

फ्रलोर क्रस गर्ने एमालेका नेता होइनन् : मन्त्री शर्मा 

फ्रलोर क्रस गरी कर्णाली प्रदेश सरकारको मन्त्री पदमा बसेका तिन मन्त्री एमालेका नेता नभएको आर्थिक मामीला तथा योजना मन्त्री गोपाल शर्माले बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बजेट कार्य सूचीमै प्रवेश नगरेपछि बाध्य भएर अध्यादेश मार्फत बजेट ल्याएको भन्दै मन्त्री शर्माले हाम्रा मान्छे फिर्ता लेउ भनेपछि सरकारले माग सम्बोधन गर्न नसकेको बताए ।

सरकारले ल्याएका विनियोजन अध्यादेश २०७८ र आर्थिक अध्यादेश २०७८ को विषयमा जानकारी दिए आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘आफ्नो दलको कुरा सरकारसंग ल्याउने ? उनले प्रश्न गरे ‘ हामीले अब के धर्मराज रेग्मीलो लेउ भन्न जानु ? उनले प्रतिपक्षले कुनैपनि बाटो नदिएका कारण सरकार चुप लागेर बस्न नसकेको भन्दै अध्यादेश मार्फत बजेट ल्याउनु परेको बताए । नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बिहिबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीबाट जारी भइसकेको उनले बताए । प्रदेश सभामा पेश्की खर्चको प्रस्ताब पनि एक वैकल्पिक प्रस्ताव हुन सक्ने भन्दै उनले तर तलब भत्ताको लागि मात्र पेश्की बजेट प्रस्ताब गर्न सकिने र विकास निर्माणको काममा बाधा पर्ने भएकोले अध्यादेश मार्फत बजेट ल्याएको जानकारी शर्माले दिए ।

सरकार निरंकुश बनी प्रतिपक्षको कुरा नसुनेको भन्दै पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री शर्माले फ्रलोर क्रस गरि मन्त्री बनेका सांसदहरु प्रतिपक्ष दलले लैजान सके लैजान आग्रह गरे ।  विरोध गर्नेले खाएको चियाको रकम समेत सरकारले तिर्नुपर्ने भन्दै बजेट पास हुन नदिएपछि श्रावण महिनादेखी सबै कारोबार ठप्प भएको बताए । एकमहिनासम्म धैर्य गर्दा समेत प्रतिपक्षले बजेट पास हुने बाटो नदिएपछि बाध्य भएर कर्णाली प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्यएको उनले बताए ।

यसअघि सरकारले सदनमा पेश गरेको बजेट नै अध्यादेश मार्फत आउन लागेको जानकारी मन्त्री शर्माले दिएका छन् ।  उनले प्रतिपक्षले विरोध गरेको झोकमा बजेट कार्यान्वयन नगर्ने काम सरकारले नहोहोर्रयाउने सुनाए ।

सम्बन्धित खबरहरु