Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला

न्युज कारोबार काठमाडौं साउन १, २०७८       

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला

विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ गर्न पाइने व्यवस्था गरिएको छ । अग्रिम बुकिङ अफलाइन स्टोर र खुद्रा विक्रेताकहाँ गर्न सकिने छ ।

यो नयाँ पुस्ताको स्मार्टफोन हालमा बजारमा निकै मन पराइएको छ भने यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा क्षमतायुक्त मानिएको छ । अझ खासगरी कम प्रकाश भएको ठाउँमा बढी उपयुक्त ठहरिएको छ । अग्रिम बुकिङ गर्न चाहने ग्राहकले २ हजार रुपैयाँसहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र विक्रेताले आधा राख्नेछन् । भिबिए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ । प्रविधिमा नयाँ मापदण्डसहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोनमध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ किनभने यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओ आइएस (अप्टिकल इमेज स्टेबिलाइजेशन) प्रविधि छ । कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लीक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएको छ । यसको बनौट ७ दशमलव २९ मिलिमिटरमा छ जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड स्मार्टफोनको तहमा आउँछ र यो ग्राहकको जीवन पद्धतिसंग मिल्दोजुल्दो हुन्छ ।

भिभो नेपालका मिस्टर मार्सले भने, 'हामी भिभोको क्षेत्र विस्तार गर्नुका साथै ग्राहकको संलग्नता बढाउन निरन्तर प्रयत्नशील छाैँ । यसमा अन्तर्राष्ट्रियस्तरको प्रविधि, उत्कृष्ट क्यामेरा र डिजाइनसहितको उत्पादनले हामीलाई उत्साहित तुल्याएको छ र अग्रिम बुकिङको चरणमा आइपुग्दा आफ्ना ग्राहकको मन जित्न र माया पाउन सफल हुने विश्वास लिएका छाैँ । भी २१ को माध्यमले शक्तिशाली र राम्रो ह्याण्डसेटले ग्राहकको आधुनिक जीवन पद्धतिमा नयाँ आयाम ल्याउने विश्वास गर्दछाैँ ।'

सम्बन्धित खबरहरु