Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

यूनाइटेड इन्स्योरेन्स कम्पनी अर्ब क्लबमा प्रवेश 

न्युज कारोबार काठमाडौं असार ३१, २०७८       

यूनाइटेड इन्स्योरेन्स कम्पनी अर्ब क्लबमा प्रवेश 

आर्थिक वर्ष २०७७।०७८ को अन्त्य हुँदै गर्दा यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले १०० करोड माथिको बिमाशुल्क आर्जन गरिसकेको छ  । कोभिडको महामारीको विषम परिस्थितिमासमेत यस  यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बिमाशुल्क आर्जनको  तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो । कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।

सम्बन्धित खबरहरु