Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

कोरोनाबाट मृत्यु भएका १३२ जनाका परिवारलाई राहत वितरण

न्युज कारोबार वीरेन्द्रनगर असार २९, २०७८       

कोरोनाबाट मृत्यु भएका १३२ जनाका परिवारलाई राहत वितरण

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु भएकाका आश्रित परिवारलाई राहत प्रदान गरेको छ । राहतस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँका दरले रकम प्रदान गरिएको हो । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप एक जनाको मृत्यु भएको हो । यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । ढिला गरी मन्त्रिपरिषद्को कार्यान्वयन गरेको सरकारले मंलगबार राहत वितरण गरेको हो । जसअन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरी १ सय ३२ जनालाई राहत उपलब्ध गराइएको हो ।

हालसम्म ३ सय ४५ जनाका परिवारले क्षतिपूर्तिको मागसहित प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा निवेदन पेश गरेका छन् । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् ।

सम्बन्धित खबरहरु