Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

बेपत्ता भएको एक महिनापछि भेटियो सुजिताको शव

न्युज कारोबार काठमाडौं असार २७, २०७८       

बेपत्ता भएको एक महिनापछि भेटियो सुजिताको शव

महोत्तरीकी सुजिता ठाकुरको बेपत्ता भएको एक महिनापछि शव फेला परेको छ । जेठ १९ देखि बेपत्ता भएकी लोहरपट्टी नगरपालिका-७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट शव बरामद भएको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका अनुसार शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरीरका अवशेषहरु फेला परेका थिए । अनुसन्धान गर्दै जाँदा शौचालयमा शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते भएको थियो । हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान् मुकेश ठाकुर पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु