Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

मृतकका परिवारलाई बिमांक रकम हस्तान्तरण

न्युज कारोबार काठमाडौं असार २४, २०७८       

मृतकका परिवारलाई बिमांक रकम हस्तान्तरण

बझाङमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई बिमा बाफतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले तल्कोट गाँउपालिका-५ का ईश्वर धरालाको परिवारलाई बिमांक रकम हस्तान्तरण गरेको हो ।

मृतक धरालाले एक लाख ५० हजार रूपैयाँको १५ वर्षे जीवन बिमा गरेका थिए । बिमा रकमको दुई किस्ता मात्रै जम्मा गरेका उनको गत वर्ष भिरबाट खसेर ज्यान गएको थियो । कम्पनीका अनुसार उनको निधनपछि दुर्घटना बिमा बाफतको रकम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दिपेन्द्र शाह र अधिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

छोराले संसार छोडेर गए पनि जीवन बिमा गरेकाले सो रकम बुढेसकालको साहारा भएको हरिलालले बताए ।

सम्बन्धित खबरहरु